Wednesday 14th April 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन

२०७७ चैत्र १६, सोमबार सुस्तानेपाल .कम

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

पार्टी विरुद्ध गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘पार्टीको हित र एकता विरोधी गतिविधि गरेकाले निलम्बन गरिएको हो,’ थापाले भने।

पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको थापाको भनाई छ। केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्रीलाई अधिकार दिएकाले त्यहीँ अनुसार कारवाही भएको उनले बताए।

यसअघि प्रधानमन्त्री ओलीले नेपाल र रावलसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए। नेपाल र रावलले ओलीलाई नै प्रतिप्रश्न गर्दै जवाफ फर्काएका थिए। बालुवाटारको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल र रावलको जवाफ कारवाहीको भागिदारयोग्य रहेको बताएका थिए।


en_USEnglish