Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

२०७७ कार्तिक १५, शनिबार सुस्तानेपाल .कम

बिकाश घिमिरे,नवलपरासी पश्चिम /कार्तिक १५
नेपाली काङ्ग्रेस पाल्हिनन्दन -६ वडा कार्यसमितिले आज एक कार्यक्रम गरि शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम समपन्न गरेको छ ।बिजयादशमी,शुभदिपावली,मोहम्मद जयन्ती तथा छठ पर्व २०७७को पावन उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम वडा सभापती जगदिश सहानी को सभापतित्वमा पुर्व गृह राज्य मन्त्री नेपाली काङ्ग्रेस केन्द्रिय सद्स्य मा.देवेन्द्र कण्डेल को प्रमुख आतिथ्यतामा,जिल्ला संगठन बिभाग प्रमुख राजेन्द्र सहानी,लुम्बिनी प्रदेश सभा सद्स्य मा.वैजनाथ जैसवाल,केन्द्रिय जेष्ठ राजनितीज्ञ सभा सद्स्य रामचन्द्र मौर्य,केन्द्रिय मुस्लिम बिभाग सद्स्य तौफिक अन्सारी लगायत पार्टी नेता कार्यकर्ताको उपस्थितिमा शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।
साथै सोही कार्यक्रममा नेकपा पाल्हिनन्दन ६ न. कमिटी अध्यक्ष राजेन्द्र केवट को नेतृत्वमा ७५ जना नेता कार्यकर्ता नेकपा परित्याग गरि प्रमुख अतिथी कण्डेल बाट सद्स्यता ग्रहण गरि नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन । काङ्ग्रेस का केन्द्रिय प्रभावशाली नेता समेत रहेका प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र राज कण्डेलले जिल्लामा सक्रियता बढाए सङ्गै जिल्लामा विभिन्न दल परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेको लहरनै चलेको छ। यश अघि पनि जिल्लामा उल्लेखनीय रुपमा काङ्ग्रेस प्रवेश गराएका छन। सो अभियान निरन्तर रहने कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझी ले जानकारी दिए।


en_USEnglish