Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

पाल्ही भगवती मन्दिर परिसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ६, बिहीबार सुस्तानेपाल .कम

मोहन पौडेल
परासी,६ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको ऐतिहासिक पाल्ही भगवती मन्दिरमा आज वृहत्त सरसफाई कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम र पाल्हीनन्दन गाउँपालिकाको संयोजनमा गरिएको उक्त कार्यक्रममा स्थानीयवासी र नेेेपाल प्रहरी ,एपिएफ,नेेपाली सेना लगायत सुरक्षाकर्मीसहितको टोलीले मन्दिर परिसर क्षेत्रमा सरसफाई गरेको हो ।
उक्त अवसरमा गाउँपालिकाले पाल्हीमन्दिरका लागि डष्टविन, कुचो,मास्क, ग्लब्स उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले मन्दिरका अध्यक्षसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेललाई सरसफाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षता तथा संघीय सांसद तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, गाउँँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक), गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कंहार लगायतले बोल्दै बडादशैँको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसी, प्रहरी नायव उपरीक्षक राजु लामा, जिल्ला ट्राफिक प्रहरी कार्याललयका प्रमुख दीपेश बस्याल,सश्स्त्र प्रहरीका निरीक्षक वीर बहादुर गोले,साांसद कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझी लगायतको पनि सहभागिता थियो ।


en_USEnglish