Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन

२०७७ कार्तिक ३, सोमबार सुस्तानेपाल .कम

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन

उमेश बि.क / नवलपरासी ,३ कार्तिक

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ कुर्थावलमा बालबिवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ ।

गुराँस सम्बाद केन्द्रकाे अायाेजना तथा ए.बि.सि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपाल र सरावल गाउँपालिकनकाे समन्वयमा सडक नाटक प्रर्दशन गरेको हो ।

नाटक मार्फत बालबिवाहको कारण, असर र कानुनी व्यवस्थाका बिषयमा सन्देश प्रवाह गरिएको थियाे ।

बालबिवाहका कारण शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य क्षेत्रमा असर परेको असर, बालबिवाह गर्दा हुने कानुनी कारबाहीको बारेमा गुराँस सम्बाद केन्द्र र जनएकता सम्बाद केन्द्रका किशोरीहरुले नाटकको माध्यमबाट प्रस्तुत गरेका थिए ।

बाल बिवाह विरुद्ध सडक नाटकमा वडा नं. ६ का वडा अध्यक्ष कैलाश यादव ,गुराँस सम्बाद केन्द्र्को sst अध्यक्ष नेम नारायण यादव , समाजसेवी परासनाथ गुप्ता ,दिवकार प्रसाद यादव ,रामश्री केवट,रतन हरिजन ,समर्पण समाज परिवर्तनका अध्यक्ष राज गुप्ता लगाएत स्थानीय जनसमुदायको उपस्थिति रहेको ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसाले जानकारी दिनुभएको हाे।


en_USEnglish