Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

सरावलमा कृषकलाई अनुदानै अनुदान

२०७७ आश्विन २७, मंगलवार सुस्तानेपाल .कम

सरावलमा कृषकलाई अनुदानै अनुदान

उमेश बि.क / नवलपरासी , २७ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा
ब्यवसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराउने भएको छ।

सरावल गाउँपालपका कृषकहरुलाई च्याउ उत्पादनमा आत्म निर्भर बनाउन ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराइने कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताए ।

अनुदानमा च्याउकाे बीउ लिन चाहने कृषकले २ हप्ता भित्र निवेदन सहित कृषक समुहकाे हकमा( कृषक समुह/कृषि सहकारी /कृषि फाम दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ,स्थायी लेखा प्रमाणपत्रकाे प्रतिलिपि ,समुहकाे निवेदन ,वडा सिफारिस ) र कृषककाे हकमा निवेदन तथा नागरिकताकाे प्रतिलिपि साथ गाउँपालिकामा सम्पर्क गर्नकाे लागि प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले अनुराेध गर्नुभएको छ ।

च्याउ खेती गर्नकाे लागि विशेषगरी वडा नं. १,२,६ र ७ काे लागि मात्र सुचना प्रकाशित गरिएको हुनाले सम्बन्धि वडाबासिले मात्र सम्पर्क गर्न कृषिशाखा प्रमुख मिश्रले अनुरोध गर्नु भएको छ।

व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै आएको छ । कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र र मलखाद, बिउबिजनहरु उपलब्ध गराउदै आएको छ ।

गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । किसानहरूलाइ माछा, कुखुरा, गाइभंैसी, खशीबाेका, तरकारी र व्यवसायिक खेती तर्फ अार्षित गर्न गाउँपालिकाकाे ध्यान रहेकाे छ ।

गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा बोरिङ्ग, पम्पिङ्गसेट, हातेट्रेक्टर, कृषि यन्त्र र विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।

त्यस्तैगरि पशुपालन गर्ने कृषकहरुलाई घासको बीउ बरसिम र जई ५० प्रतिशत अनुदानमा बितरण कार्य सुरु गरिएको पशु प्राविधिक यम अर्यालले जानकारी दिनुभएको छ ।


en_USEnglish
en_USEnglish