Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ दिन्छौं : अध्यक्ष चाैधरी

२०७७ आश्विन २५, आईतवार सुस्तानेपाल .कम

बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ दिन्छौं : अध्यक्ष चाैधरी

उमेश बि.क / नवलपरासी ,२५ असाेज

नवलपरासीको सरावल गाउँपालिकाका बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको छ।

सरावल गाउँपालिको कार्यपालिकाको बैठक तथा बिपद ब्यवस्थापन समितिको बैठकले अबिरल बर्षाका कारण वार्ड नं.५,६, र ७ बाढिडुबानमा परी हजारौं बिगहा धानबालि नष्ट भएकोले बाढि प्रभाबित कृषकहरुको राहत स्वरुप ७५ प्रतिशतमा गहुको बीउ अनुदान दिने निर्णय गरेको छ।

अनुदानमा गहुँको बीउ लिन चाहने कृषकले १ हप्ता भित्र निवेदन सहित नागरिकताकाे फाेटाेकपि तथा लालपुर्जाकाे फाेटाेकपिकाे साथ गाउँपालिकामा सम्पर्क गर्नकाे लागि प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले अनुराेध गर्नुभएको छ ।

व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै आएको छ । कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र र मलखाद, बिउबिजनहरु उपलब्ध गराउदै आएको छ ।

गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । किसानहरूलाइ माछा, कुखुरा, गाइभंैसी, खशीबाेका, तरकारी र व्यवसायिक खेती तर्फ अार्षित गर्न गाउँपालिकाकाे ध्यान रहेकाे छ ।

गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा बोरिङ्ग, पम्पिङ्गसेट, हातेट्रेक्टर, कृषि यन्त्र र विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष चौरधीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, हामीले यहाँको कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायिक बनाउने तर्फ ध्यान दिएका छांंै साथै किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न ५० देखि ७५ प्रतिशत अनुदानमा बिउबिजन, कृषि यन्त्रहरु समेत वितरण गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।


en_USEnglish