रियाज अलि,असोज २२,पश्चिम नवलपरासी /
सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीले तस्कर बिरुद्धको आफ्नो अभियानलाई तिब्रता दिएको छ। २६ न.गण हेड्क्वार्टरको प्रमुख भै आए पश्चात् एसपि महेश अधिकारीले सक्रियता बढाएका छन। जिल्ला गणकै टोलि सहित मातहतका बि.ओ.पि.लाई तस्कर विरुद्ध खरो उत्रन निर्देशन दिएको सम्बन्धित श्रोत ले जानकारी दिएको छ।
पछिल्ला दिनमा दैनिकजसो पश्चिम नवलपरासीमा तस्करी बढे सङ्गै सो को नियन्त्रणका लागि सशस्त्र प्रहरीले आफ्नो अभियान लाई तिब्रता दिएको छ। सोही क्रममा मिति २०७७/०६/२१ गते रातको समयमा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीबाट खटिएको मोबाईल टोलीले जिल्ला पश्चिम नवलपरासी सरावल गा.पा.-६ रामपुर खडौना स्थित बेवारिसे अवस्थामा रहेको प्रदेश ३-०१-०२२ च ३२०७ नं. को YODHA पिकअप गाडीमा लोड गरेको २७ क्वीन्टल प्याज बरामद गरी उक्त पिकअप गाडी सहितको सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको २६ न.गणका सुचना अधिकृत डिसपी रोशन घिमिरेले जानकारी दिए ।उक्त सामानको भन्सार दाखिला मुल्य रु.१६,४८,५००।–(सोह्र लाख अठ्चालिस हजार पाँच सय) रहेको छ।