Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

प्रदेश ५ दाङ राजधानी प्रस्तावको विरोधमा परासीमा प्रदर्शन

२०७७ आश्विन १६, शुक्रबार सुस्तानेपाल .कम

प्रदेश ५ दाङ राजधानी प्रस्तावको विरोधमा परासीमा प्रदर्शन

उमेश बि.क / नवलपरासी ,१६ असाेज

पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा नवलपरासीमा प्रदर्शन भएको छ।

संयुक्त राजनीतिक दल समर्थक नेताहरुकाे समुहले परासी बुद्ध चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , नेपाली काङ्ग्रेस जिल्ला सचिव गजान्द पटेल, काङ्ग्रेस नेता अनिल गाैड, जसपा जिल्ला संयोजक मुकुरजि गिरी ,धरेन्द्र यादव लगाएतले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताउदै नभए कडा आन्दोलन सहित कडा कदम चाल्ने बताएका छन ।

प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।

प्रदेश सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ। प्रदेश ५ को राजधानी दाङ्ग प्रस्ताव सङ्गै रुपन्देहिमा समेत आजै बिरोध प्रदर्शन भएको छ ।


en_USEnglish