Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

किशोरीहरुका लागी २ दिने सेनेटरी प्याड बनाउने तालिम सन्चालन

२०७७ आश्विन ११, आईतवार सुस्तानेपाल .कम

किशोरीहरुका लागी २ दिने सेनेटरी प्याड बनाउने तालिम

उमेश बि.क / नवलपरासी ,११ असाेज

पश्चिम नवलपरासीको सरावल ३ स्थित महेन्द्र मा.बि सरावलकाे सभाहलमा २ दिने किशोरीहरुका लागी सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

संवाद किशोर किशोरी सन्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपालकाे सहयाेग एवम सरावल गाउपालिकाकाे समन्वयमा शुक्रबारदेखि सन्चालन गरिएको तालिम शनिबार सम्पन्न गरिएको हाे।

सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायको प्रमुख आतिथ्यतामा भएको तालिममा बोल्दै प्रमख अतिथि रायले यो तालिम जिवन उपयोगी रहेको र ब्यवसायिक पनि बनेर आत्मनिर्भर बन्न सकिने हुदा ध्यान दिएर तालिमको फाइदा लिन सहभागिलाई आग्रह गर्नुभएको थियो ।

तालिममा बोल्दै सरावल वडा नम्बर ३ का वडाध्यक्ष अणेन्द्र नाथ रायले सरावल गाउपालिका बालमैत्री गाउपालिका घोषणाका लागी अघि बढिरहेको बताउदै किशोरीहरुलाई विद्यालयमा सेनेटरीको प्याडको आवश्यकता रहने र आफ्नो सरसफाईका लागि पनि प्याड आवश्यक रहेकाले सरावल गाउपालिकाले यस क्षेत्रमा लगानी गरेको बताउनुभयो ।

सरावल गाउँपालिका भित्र एबिसि नेपालकाे सम्बाद कार्यक्रम संग सम्बन्धित ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको तालिमकाे सहजिकरण कमला फुल्देलले गर्नुभएको थियाे ।


en_USEnglish
en_USEnglish