Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

विपन्न बर्गलाई ब्यवसायमुखी बनाउन संस्था र आफु स्वयं लागि परेको छु : अध्यक्ष सपना अधिकारी थापा

२०७७ आश्विन १०, शनिबार सुस्तानेपाल .कम

विपन्न बर्गलाई ब्यवसायमुखी बनाउन संस्था र आफु लागि परेको छु : अध्यक्ष सपना अधिकारी थापा

उमेश बि.क / नवलपरासी ,१० असाेज

अति विपन्न भुमिहिन ,दलित ,अपांग ,परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउनमा सुनवल सामुदायिक विकास केन्द्र र अाफु लागि परेको अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको छ।

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग गरिएको छ ।

ब्यवसाय प्रवर्द्वन तथा जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउने उद्देश्यले सुनवल सामुदायिक विकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयोग र पाल्हीनन्दन गाउपालिकाे समन्वयमा सन्चालित काेभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–६ लंगडीपाकडका अति बिपन्न भुमिहिन ,दलित ,अपांग ,परिवारकाे ब्यवसायमा विभिन्न सामाग्री सहयोग तथा बाख्रा वितरण गरिएको हाे ।

सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षतामा १६ जनालाई २ अाेटाकाे दरले उन्नत जातकाे बाख्रा तथा ८ जनालाई ब्यवसायमुखी बनाउनको लागि विभिन्न सामग्री निशुल्क हस्तान्तरण गरिएको हाे ।

सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाले लंगडीपाकडका अति बिपन्न,भुमिहिन,गरिब,दलित,एकल महिलाहरुको जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउनको निम्ति संस्था र अाफु लागि परेको बताउनु भएको हाे । समुदायकाे स्तर उन्नतिकाे लागि सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल निस्वार्थ रुपमा लागि परेको हुनाले दिइएको सहयोग सामग्री सहि तरिकाले सदुपयोग गर्दै अाफु ब्यवसायिक रुपमा अगाडि बढ्दै अार्थिक उन्नतिमा बिकास गर्नुको साथै सफल ब्यवसायि बनेर देखाउन अाग्रह गर्नु भएको हाे ।जिविकोपार्जनकाे लागि उद्यम अति अावश्यक रहेकोले सहयोगबाट ब्यवसाय शुरु गरेर आत्मनिर्भर बनेर देखाउनु पर्ने बताउदै संस्थाले कोभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तर्गत असाेज ६ गते बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि १० जनालाई उन्नत बाख्राको पाठी वितरण गरेको र हाल वितरणबाट पाएकाे बाख्राबाट पशुपालन तर्फ जागरुक हुन अनुरोध गर्दै अर्थिक अायअार्जन गर्न सुझाव दिनुभएको हाे।

बाख्रा पालनकाे लागि उन्नत जातको पाठि तथा ब्यवसाय प्रबर्द्धनकाे लागि सामग्री पाएकाले खुशी हुदै साे सामग्री बितरणले अति बिपन्न बस्तीमा सिपमुखि र अाय अार्जन तथा अात्मनिर्भर कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन ।


en_USEnglish