Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण

२०७७ आश्विन ६, मंगलवार सुस्तानेपाल .कम

बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण

उमेश बि.क / नवलपरासी ,६ असोज –

सुनवल सामुदायिक विकास केन्द्र पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडीपाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण गरेको छ ।

संस्थाले युनाइटेड मिसन टु नेपालको सहयोग तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि उन्नत बाख्राको पाठी वितरण गरेको हो ।

कोभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक राधा सापकोटाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ का वडाध्यक्ष कृष्ण चन्द्र यादवले संस्थाले बैदैशिक रोजगारबाट फर्किएकाहरुलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले कोभिड बिरुद्धको लडाईमा सबैको साथ सहयोग आवश्यक रहेको औल्याउदै सकारात्मक काममा सबै वडा कार्यालयले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाले संस्थाले जिविकोपार्जनका लागि उद्यम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाले गरेको सानो सहयोगबाट ब्यवसाय शुरु गरेर धेरै बाख्रा उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्नुभयो । एक बाख्राबाट २ बनाउनुस २ ले ४ वटा हुदै जान्छ –उहाँले सो अवसरमा भन्नुभयो – राम्रो संग पालन गर्नुस । भेटेरेनरीहरुसंग बेलाबेलामा परार्मश समेत गर्नुस ।

कार्यक्रम संस्थाकी अध्यक्ष सपना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रबि पाण्डेय ,सहजकर्ता अशोक कुमार गुप्ता
,शक्ति काैशल लगाएतकाे सहभागीता रहेको कार्यक्रमकाे सन्चालन उमेश वि.क ले गर्नु भएको थियो । संस्थाले जमुनापारी नश्लबाट क्रस गरिएका बाख्राका पाठी प्रदान गरेको जनाएको छ ।


en_USEnglish