रियाज अलि,असोज ६,नवलपरासी पश्चिम
पश्चिम नवलपरासी नेपाली कांग्रेस सुस्ता गाउपालिका कमिटीको आयोजनामा भएको पार्टी कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेकपा ,जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका छन ।
कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मा.देवेन्द्र कण्डेलज्युको प्रमुख आतिथ्यतामा जिल्ला सभापति बिष्णु पौडेलको बिशिस्ट आतिथ्यता जिल्ला सह-सचिब एवम जिसस प्रमुख शिव शन्कर राय,जिल्ला सद्स्य,केन्द्रिय बिभाग सदस्य लगायत नेता कार्यकर्ताको समुपस्तिथिमा सम्पन्न भएको हो ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७३ जनालाई पार्टी प्रवेश सहित प्रमुख अतिथीज्यु बाट पार्टी सदस्यता हस्तान्तरण गरिएको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनु भयो ।