Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

राष्ट्रिय बाल दिवसको अवसरमा वातावरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम

२०७७ भाद्र ३०, मंगलवार सुस्तानेपाल .कम

राष्ट्रिय बाल दिवसको अवसरमा वातावरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम

उमेश बि.क / नवलपरासी , २९ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा राष्ट्रिय बाल दिवसको अवसरमा वातावरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

संवाद किशोर किशोरी सञ्जालकाे अायाेजना तथा ए.बि.सि नेपाल ,स्ट्राेम फाउन्डेसन र सरावल गाउँपालिकाे सहयोगमा सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा वातावरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले बालबालिका काेरा कागज हुन , तिनिहरुलाई जस्तो बनाउन खाेज्छाैँ त्यस्तै बन्छन । बालबालिकालाई कुन शिक्षा दिने, के बनाउने भन्ने कुराकाे निर्धारण अभिभावककाे , शिक्षककाे साथै साथीहरूकाे हुन्छ । जब बच्चा अामाकाे पेटमा रहन सुरु गर्छ तबदेखि बालअधिकार चाहिने हुनाले हरेक अभिभावकले बालअधिकार सुनिश्चितताकाे लागि पहल गर्न जरुरी रहन्छ । ए.बि.सि नेपालले काेराेना महामारीको विषम परिस्थितिमा पनि विभिन्न रचनात्मक काम गरेको हुनाले ए.बि.सि नेपालद्वारा सन्चालित संवाद किशोर किशोरी सञ्जाललाई धन्यवाद दिदै सरावल गाउँपालिका वडा नं. १ देखि ३ सम्म बालमैत्रि गाउँपालिका घाेषणा प्रक्रिया अगाडि बढाउने बताउदै गाउँपालिकाबाट बालबालिका लक्षित विभिन्न कार्यक्रम रहेकाे जानकारी गराउदै बालबालिकाप्रती अाफु हमेशा सकारात्मक रहिरहने कुरामा जाेड दिनुभएको हाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले बालबालिका भनेको काचाे माटो भएको हुनाले तिनिहरुलाई असल ब्यक्ति बनाउन अभिभावक र शिक्षकको महत्त्वपूर्ण हात रहेको हुन्छ । बालअधिकारका लागि एबिसि नेपाल धेरै पहल गरेको बताउदै गाउँपालिकाबाट बालमैत्रि अभियान सन्चालन प्रक्रियामा रहेको हुनाले हामी सबैजना एक जुट भएर बाल मैत्रि अभियान पूरा गर्न लाग्नुपर्ने अाग्रह गर्नुभएको हाे ।

त्यस्तै ए.बि.सि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामीछानेले ए.बि.सि नेपालले बिगत २ वर्ष पहिला देखि नै सरावल गाउँपालिकामा विभिन्न रचनात्मक क्रियाकलाप गराउदै अाइरहेकाे र किशोर किशोरीमा लक्षित रहि कार्यक्रम हुने भएकोले बालअधिकार र बालमैत्रि स्थानीय शासनको खुट्किला तथा चरणहरु पार गर्दै अाइरहेकाे छ । अाजका बालबालिका भाेलिका कर्णधार हुने भएको हुनाले यश गाउँपालिकाका बालबालिकाहरु धेरै अगाडि रहेको बताउदै बालबालिका प्रती हेर्ने दृष्टिकोण अभिभावकले सकारात्मक राख्न जरुरी रहेको बचाउनु भएको हाे। साथै वातावरणीय सरसफाइ देखि शारीरिक सरसफाइ ब्यक्तिकाे ब्यक्तित्ब झल्काउने भएको हुनाले सम्पूर्ण बालबालिकालाई सरसफाइ ध्यान दिन अाग्रह गर्दै ए.बि.सि नेपालका हरेक क्रियाकलाप गाउँपालिकासंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिब्धता ब्यक्त गर्नु भएको हाे।

वातावरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय,नेपाल घरेलु तथा साना उद्योग सरावल गा.पा.अध्यक्ष जन्मेजय यादव,ए.बि.सि नेपालकि दिपिका गैरे,संकल्प प्रतिष्ठानका अध्यक्ष सुशान्त शर्मा घिमिरे ,स्वास्थ शाखा प्रमुख अाेमनारायन देवकोटा,नेपाल रेडक्रस साेसाईटि बालपुरी शाखा सचिव सन्जय माैर्य , कृषि शाखा प्रमुख कुलदिप मिश्रा , सुशीला हरिजन,ए.बि.सि नेपालकि नेपालकि सहजकर्ता साइदा नेसा ,सबिता चाैधरी,सन्जालका काेषाध्यक्ष सन्दिप बि.क,सन्जालकी सदस्य दुर्गा बि.क लगाएत बालबालिकाहरुकाे सहभागीता रहेको थियाे।


en_USEnglish