Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

बाल दिवसकाे अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

२०७७ भाद्र २९, सोमबार सुस्तानेपाल .कम

राष्ट्रिय बाल दिवसकाे अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

उमेश बि.क / नवलपरासी ,२९ भाद्र

पश्चिम नवलपरासीको सरावलमा राष्ट्रिय बाल दिवसकाे अवसरमा जिल्ला स्तरीय वक्तृत्व कला प्रतियाेगिता सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे सहयाेग तथा संकल्प प्रतिष्ठान सरावल २ काे आयाेजनामा अनलाइन भिडियो मार्फत (भर्चुअल ) “काेराेना संक्रमणकाे अवस्था र बालअधिकार ” बिषयमा
वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको हाे ।

प्रतिष्ठानका अध्यक्ष सुशान्त शर्मा घिमिरेकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवं गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे बिशिस्ट अातिथ्यतामा भएको वक्तृत्वकला प्रतियाेगितामा १५ जना बालबालिकाहरुकाे भिडियो मार्फत सहभागीता रहेकाे थियाे भने सहभागीले पुर्ब नै आफ्नो भनाइको भिडियो बनाएर पठाउनु पर्ने थियो ।

प्रतियोगितामा अन्नपुर्ण आवासिय मा०वि० सुनवल कि छात्रा सम्क्षना सुवेदी प्रथम, जनता मा० वि० सरावल-६ भुजहवाको छात्र राहुल मुराऊ द्वितिय तथा आदर्श मा० वि० सरावल-१ खोखरपुराका छात्र बिपिन देवकोटा तृतिय स्थान प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायक मण्डलहरुमा सरावल गाउपालिका शिक्षा शाखा प्रमुख तुलसी प्रसाद अधिकारी, सरावल स्वास्थ्य शाखा प्रमुख ओमनरायण देवकोटा तथा राजा महात्मा पुर्णभद्र मा०वि० भुतहाका नेपाली शिक्षक यकनरायण तिमिल्सिना रहनु भएको थियाे। प्रतियोगितामा प्रथम दितिय र तृतीय हुनेलाई क्रमशः ८०००, ५००० र ३००० सहित प्रमाणपत्र समेत प्रदान गरिने संस्थाका महासचिव सन्जय मौर्यले जानकारी दिनु भयो।


en_USEnglish