Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

गिरिको मृत्यु घटनाको छानविनको माग गर्दै पश्चिम् नवलपरासीमा जुलुस प्रर्दशन

२०७७ भाद्र २८, आईतवार सुस्तानेपाल .कम

बिकाश घिमिरे /नवलपरासी/,२८ भदौ । नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीका उप सभापति स्व० सुवासचन्द्र गिरिको कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै पश्चिम नवलपरासीका राजनीतिक दल, संघसंस्था र परिवारजनहरुले छानविन गर्न सरकारसँग माग गर्दै आज परासीमा जुलुस प्रर्दशन गरेका छन् ।

पश्चिम नवलपरासी जिल्लामा हरेक दिन कोरोना संक्रमणका बिरामीहरु बढ्दै गएका छन् । तर जिल्लास्थित राजनीतिक दलहरुले भने संक्रमणको बेवास्ता गर्दै हरेक दिनजसो ३/४ सयको संख्यामा सदरमुकाम परासीमा नारा जुलुस गर्दै आइरहेका छन् । नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको मृत्यु शंकास्पद भएको जनाउँदै उनीहरुले प्रदर्शन गर्दै आएका हुन् ।

परासीका व्यवसायी समेत रहेका गिरीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । सोही घटनाको छानविनको माग गर्दै सर्वदलिय संयन्त्र गठन गरेर उनीहरुले प्रदर्शन गर्दै आएका छन् ।

सर्वदलियको सुझावका आधारमा जिल्लाका प्रशासन र स्थानीय तहहरुले भेला, जमघट र भिडभाडलाई पूणर् प्रतिबन्ध लगाएपनि दलहरुले नै अवज्ञा गरेर जुलुस प्रदर्शन गरेकोमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आश्चर्य व्यक्त गर्नुभयो । दलहरुको मागका बारेमा सम्बन्धित निकायमा जानकारी गराएको उहाले बताउनुभयो । जुलुसमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । जुलुस प्रर्दशनपछि बुद्धचोकमा आयोजित कोणसभामा बोल्ने जिल्ला नेताहरु र कार्यकर्ताहरुले घटनाको छानविन गरेर दोषीलाइ कारबाही नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

यस अघि मिति २०७७/५/२१ गतेका दिन सघंर्ष समितिले माग गरेका बिषयमा बेवास्ता भएकाले आन्दोलनका कार्यक्रम प्रमुख जिल्ला अधिकारी समक्ष जानकारि पत्र मार्फत घोषणा गरेको थियो। स्व०गिरीको रुपन्देहि भैरहवा स्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेसमा उपचारका बेला चरम लापरवाहि भएको र सोहि कारण मृत्यु भएकाले उपचारमा सग्लंन्न चिकित्सक एवंम् प्रसाशनलाई कारवाहिको माग सहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउॅंदै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएता पनि सो माग प्रति बेवास्ता भएकाले उक्त पत्र मार्फत सघंर्षका कार्यक्रम घोषणा भएको थियो।

सो पत्रमा २०७७/५/२३ गते मगंलवार बिहान ११ बजे जिल्ला प्रशासन कार्यलय मुल गेट अगाढी १ घण्टा धर्ना प्रदशन गरेको थियो भने मिति २०७७/५/२५ गते बिहिबार परासीमा मौन जुलुस गरेको तथा आज परासीमा बिरोध जुलुस निकालेका छन् ।


en_USEnglish