Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

तरुणदल नवलपरासी पश्चिम द्वारा वृद्धाश्रमलाई सहयोग

२०७७ भाद्र २७, शनिबार सुस्तानेपाल .कम

भाद्र २७,नवलपरासी पश्चिम
नेपाल तरुण दल सुनवल नगरपालिका वडा नं ६ ले सुनवल १३ सगरपोखरीमा रहेको पवित्र बृद्धाश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । दलले आज बृद्धाश्रममा एक कार्यक्रमका बिच चामल ५० केजि, आटा १५ केजि, नुन ५ पोका, चना ५ केजि, १ कार्टून तेल, सोयाविन ६ पोका, प्याज र टमाटर ५/५ केजि खाद्य समाग्री सहयोग गरेको हो । नेपाल तरुण दल सुनवल वडा नं ६का अध्यक्ष नरबहादुर चौधरीको अध्यक्षता तथा नेपाली कांगे्रस क्षेत्रिय सचिव माधवप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस बिषम परिस्थितिमा बृद्धाश्रमलाई केहि सहयोग पुगोस भन्ने हेतुले खाद्य सामग्री सहयोग गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अहिलेको महामारीमा जनताले सरकार बिहिन भएको महशुस गरेको अवस्थामा तरुण दले यस्तो कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाले आगामी दिनमा स्वास्थ्य शिबिर संचालन गर्ने जानकारी गराउनुभएको थियो । यसैगरि बिशिष्ठ अतिथि नेपाल तरुण दल जिल्ला सहसचिव भरत पौडेलले नेपाल तरुण दल सुनवल नगरकार्य समिति संगको सहकार्यमा आगामी दिनमा बृद्धाश्रममा शौचालय निर्माण गरिने जानकारी गराउनुभयो । सो अवसरमा नेवि सघं निवर्तमान जिल्ला सभापति राजन भण्डारी, तरुण दल नगर सभापति पबिन गुरुङ, उपसभापति लाल बहादुर शेन लगायत तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


en_USEnglish