Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

कांग्रेस उपसभापति गिरीको मृत्युबारे छानबिनको लागि माैन जुलुस

२०७७ भाद्र २५, बिहीबार सुस्तानेपाल .कम

कांग्रेस उपसभापति गिरीको मृत्युबारे छानबिनको लागि माैन जुलुस

उमेश बि.क/ नवलपरासी ,२५ भदौ

पश्चिम नवलपरासीका नेपाली कांग्रेस उपसभापति सुवाष चन्द्र गिरीको मृत्युबारे छानविनको माग गर्दै जिल्लाका राजनैतिक दलहरुद्वारा सामूहिक रुपमा जिल्ला प्रशासन अगाडि माैन जुलुस गरिएको छ । कोरोनाका कारण मृत्यु नभई अस्पतालकै लपरवाहीले उहाँको मृत्यु भएको भनेर दुई घण्टा माैन जुलुस गरेका हुन् ।

गत साउन २३ गते उपसभापति गिरीले युनिर्भसल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेसन गराएका गराउनुभएको थियो । अप्रेसन भएपछि उनको स्वास्थ्य तथा स्वासप्रश्वासमा समास्या देखिएको थियो । गिरीको परीवारले साउन २७ गते उहाँलाई पुनः स्वास्थ्य चेकजाँजका लागि अस्पताल लिएर गएपछि उहाँमा कोरोना देखिएको कुरा बाहिर आएको थियो ।

उहाँलाई स्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको भदौं १ गते मृत्यु भएको थियो । तर यता उहाँको परिवारजन लगायत राजनैतिक दलहरु र समाजिक संघसंस्थाले भने मेडिकल कलेजकै लपरवाहीले मृत्यु भएको आरोप लगाएका छन् । अप्रेसन अगाडि पिसिआर परीक्षण नगर्नु, पुनः अस्पताल लाने क्रममा भर्ना लिन आलटाल गर्नुको अर्थ अस्पतालकै लापरवाहीका कारण गिरीको मृत्यु भएको गिरीको परीवार र राजनैतिक दलले जनाएका छन् ।

मृतक गिरीको पीसीआर नगरी अप्रेशन गर्नु र अप्रेशनमा समेत लापरबाहीको आरोप लगाउँदै राजनीतिक दल र परिवारजनले साता दिनअघि ज्ञापन पत्र दिएर घटनाको निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरेका थिए । माग पूरा नभएको भन्दै प्रशासनमा धर्ना र जुलुस प्रर्दशन गर्नु परेको नेपाली काङ्ग्रेस नवलपरासी पश्चिमका सभापति बिष्णु प्रसाद पौडेलले बताउनु भयो । प्रदर्शन पछि आयोजित कोणसभामा बोल्ने पार्टी प्रतिनिधि र जनप्रतिनिधिहरुले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने घोषण गर्नु भएको छ ।

धर्नामा नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता छ ।


en_USEnglish