बिकाश घिमिरे बर्दघाट,नवलपरासी पश्चिम ,भाद्र २४/
बर्दघाट नगरपालीका स्थित दिब्यज्योति बहुमुखी क्याम्पस ने.बि.सघं इकाइ कार्यसमितिले १०७ औॅं वि.पी जयन्ती को उपलक्ष्यमा बुधबार क्याम्पसको खालि जग्गामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको खाली र पाखा जग्गामा बिभिन्न १० प्रजातिका करिव ६० वटा बिरुवा बृक्षारोपण गरिएको हो ।
नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिका सभापति शम्भुलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।कार्यक्रममा बोल्दै श्रेष्ठले बि.पी कोईराला जहिलेपनि प्रकृति प्रेमि भएको र प्रकृति संरक्षण कै पक्षमा कलम चलाएको स्मरण गर्दै,वहाॅंको जयन्तिको उपलक्ष्यामा ने.बि सघॅं ले बृक्षारोपण कार्यक्रम गरेर वहाॅंले निर्देशित गरेको बाटोमा हिडेकोमा धन्यबाद दिनु भएको थियो। बृक्षारोपणले वातावरण संगै माटोको संरक्षणमा समेत बिशेष भुमिका हुनाले बिरुवा रोपेर मात्र नभई यसको सकुसल संरक्षण पनि गर्नु पर्ने बताउनु भएको थियो। साथै बि.पी.को प्रजातान्त्रिक आन्दोलनका बारेमा पनि चर्चा गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता दिब्यज्योति बहुमुखी क्याम्पस ने.बि.सघं ईकाई सभापति कमल बस्याल ले गर्नु भएको थियो।ने.बि.सघं सकरात्मक कामका लागि सदैव तयार रहेको र बि.पि.कोइरालाको मार्गदर्शनमा नेबि संघ निरन्तर लागि पर्ने बस्यालले प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
लकडाउनमा विद्यार्थीहरु स्वास्थ्य मापदण्ड पालना गरि जम्मा भएर क्याम्पस प्रशासन संग सहकार्य गरि वृक्षारोपण गरिएको क्यम्पस स्व.बि.यु सचिब एवंम् कार्यक्रम संचालक केदार चौधरीले बताए ।बिभिन्न प्रजातीका विरुवा रोपिएको समेत उनले बताएका छन। उक्त कार्यक्रममा बिधार्थी नेतृ खुशी पाठक ले स्वागत मन्तब्य दिनु भएको थियो ।
“क्याम्पसको योजना नै छ, क्याम्पसको खालि जग्गाहरुमा वृक्षा रोपण गर्ने, यो वृक्षा रोपणका लागि ने.बि सघं ले एउटा प्रस्ताब ल्यायो त्यसलाइ हामीले स्वागत गर्दै हामीले समेत प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छौ ” क्याम्पस संचालक समिति अध्यक्ष एवंम् कार्यक्रमका बिशेष अतिथि बृहसपति अधिकीरी ले बताउनु भएको थियो।
कार्यक्रम,नेपाली कांग्रेस बर्दघाट नगरकार्यसमिति सचिब सरद पौडेल,साहयक क्यम्पस प्रमुख सागर पाण्डे,दिपक खड्का,बर्दघाट नगरपालीका वडा नं २ का वडा अध्यक्ष चेत नारायण पाण्डे, समाजिक ब्यक्तित्व गणेश बहादुर छेत्री,जानुका पौडेल,बिधार्थी नेतृ खुशी पाठक,संचालक समितीका प्रतिनिधि,क्याम्पस कर्मचारीहरु एवंम् बिधार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।