Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

नवलपरासी पश्चिममा थप २जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र २२, सोमबार सुस्तानेपाल .कम

बिकाश घिमिरे,भाद्र २२,नवलपरासी पश्चिम / बन्दाबन्दि खुकुलो बनाईए सॅंगै पश्चिम नवलपरासीमा सोमबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम नगरपालिका वडा नम्बर ४ का ५४ वर्षका पुरुष र वडा नम्बर ५ का ३८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकाल ले जानकारी दिनु भएको छ । यससॅंगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २ सय ७४ पुगेको छ जस मध्य तिन जनाको मृत्यु भएको छ।
जिल्लामा आईतबार देखि भदौ ३१ गते सम्मका लागी निषेधाज्ञा खुकुलो बनाईएसॅंगै बजार तथा सडकहरुमा मानिसको भिडभाड बढेको छ।स्वास्थ्य मापदण्ड अप्नाएर ब्यवसाय एवंम् कार्यलयहरु सचांलनमा ल्याएपनि सर्वसाधारण भने न्यूनम सुरक्षाका उपायको बेवास्ता गर्दै बजारमा निस्कन थालेका छन्। सर्वसाधारणको भीड हुने खाधन्न पसल,तरकारी पसल,मालपोत कार्यालय, नापी कार्यालय र बैंक तथा वित्तीय संस्था खुला गरेपछि मानिसको आवतजावत बढेको हो। न्यूनतम सुरक्षा उपाय र सामाजिक दुरीको समेत बेवास्ता गरिएकाले पछिल्लो अवस्थामा पनि बन्दाबन्दि खुकुलो बनाउॅंदा समुदाय स्तरमै कोरोना संक्रमण फैलिईएको थियो।

यद्घेपि पर्याप्त मात्रामा पि सि आर चेकजाचॅं नहुॅंदै बन्दाबन्दि खुकुलो गरिएकोमा जल्लाका युवा अभियान्ताहरु चिन्तित भएका छन भनि युथ अफ नवलपरासी वेस्टका एक अभियान्ता अनुकुल रेग्मि ले जानकारि दिएका छन।यस अघि युथ अफ नवलपरासी वेस्ट ले जिल्लामा पि सि आर मेसिन सहितको प्रयोगसाला र भन्टिलेटर सहितको आईसियु कहिले हुन्छ भनि स्थानिए,प्रदेश,प्रतिनिधिसभा,जिल्ला लगायत केन्द्रिय नेताहरुलाई ध्यानाकर्षण स्वरुप मेसेज अभियान चलाएका थिए।
विभिन्न जनस्वास्थ्य विज्ञका अनुसार मित्र राष्ट्र भारत सॅंगै,पछिल्लो अवस्थामा देशका बिभिन्न स्थानहरुमा बन्दाबन्दि खुकुलो भएसंगै संक्रमित बढेको अनुमान गरेका छन ।बन्दाबन्दि खुकुलो गर्दा र मानिषहरु स्वास्थ्य मापदण्ड बेवास्ता गर्दै हिड्डुल गर्दा मासमा काम गर्नुपर्दा संक्रमण अझ फैलिने अनुमान गरिएको छ ।


en_USEnglish