Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

चिसापानीको जग्गा सार्वजनिक सम्पती बनाउन” सर्वपक्षीय राजनितीक दलद्वारा ध्यानाकर्षण

२०७७ भाद्र २२, सोमबार सुस्तानेपाल .कम

चिसापानीको जग्गा सार्वजनिक सम्पती बनाउन” ध्यानाकर्षण”

नवलपरासी २१ भदौ:बर्दघाट २-चिसापानी ढेडारीफाटको जग्गा सार्वजनिक बनाउन माग गर्दै बर्दघाट नगरपालिका क्रियाशिल ६दलले आइतबार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छ्न।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी बर्दघाट नगरपालिका र बर्दघाट नगरपालिका वडा न:२ लाई ६दलले ध्यानाकर्षण गराएका हुन। नेपाली काग्रेस बर्दघाट नगर कार्य समितिका सभापति शम्भु लाल श्रेष्ठको नेतृत्वमा पुगेका ६दलका नगर अध्यक्ष तथा प्रतिनिधिको टोलिले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल बर्दघाट २कि वडा अध्यक्ष दया दर्लामिको ध्यानाकर्षण गरेको क्रान्तिकारी माओवादीका बर्दघाट नगर सेक्रेटरी राम चन्द्र पोखरेलले जानकारी दिनु भयो ।

विहीवार नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले उक्त जग्गा सार्वजनिक बनाउन कब्जामा लिएको घोषणा गरेको थियो ।
यस अघि नगरमा क्रियाशिल सत्तारुढ दल बाहेकका ६ दलको बैठकले ८ बिगाहा २ कट्ठा १२ धुर जग्गा सार्वजनिक गर्न संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कार्यक्रम ध्यानाकर्षण गर्ने कार्यक्रम सम्पन्न गरिएको काग्रेस नगर सभापति श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (क्रान्तिकारी माओवादी ) , जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाले जग्गा जोगाउन ध्यानाकर्षण गरेका हुन । टोलीलाई प्रमुख जिल्ला अधिकारी पाठकले सार्वजनिक महत्वको बिषय रहेकोले सार्वजनिक जग्गा भए बेच्न नदिइने बताएको एक सहभागीले बताए । त्यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले उक्त जग्गा नगरकै महत्वपूर्ण जग्गा रहेकोले तारबार गरी संरक्षण गर्ने प्रतिबद्धता गरेको पोखरेलले जानकारी दिनुभयो ।


en_USEnglish