Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

उद्योग बाणिज्य संघ नवलपरासी पश्चिम अध्यक्ष भन्डारी बाट फुड बैंक लाई सहयोग प्रदान

२०७७ भाद्र २०, शनिबार सुस्तानेपाल .कम

बिकाश घिमिरे नवलपरासी पश्चिम,भाद्र २०/ पटक–पटक थपिएको बन्दाबन्दि र निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई एक कार्यक्रमका बिच उधोग बाणिज्य सघं नवलपरासी पश्चिमका अध्यक्ष केशब भण्डारीले सुनवल -१ प्रगति टोलमा बि.सि.डब्लु युथ नेपाल नवलपरासीले संचालनमा ल्याएको फुड बैकंमा खाधन्न सहयोग गर्नु भएको छ।

हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस् भन्ने नाराका साथ बि. सि. डब्लु युथ नेपाल सुनवल नवलपरासीको अयोजनामा सञ्चालित फुड वैंक ३ दिन सम्म रहेने बि. सि. डब्लु युथ नेपाल सुनवलका अध्यक्ष शिव रेग्मीले उक्त कार्यक्रममा जानकारि दिनु भएको छ।कार्यक्रममा एन.सि वाइ, एफ, परिवर्तन युवा क्लव, प्रगतिटोल विकास समति,सिर्जना आमा समूह लगायतको सहयोग रहेको छ।पहिलो दिन करिब २०० परिवार लाभान्वित हुने गरि आज खाधन्न सामाग्रि बितरण भएको छ।

सामुदायिक स्तरमा सङ्क्रमण तीव्र रूपमा बढेसँगै बन्दाबन्दिको अवस्थाले जनजीवन कठिन हुँदै गएको र
झन् दिनहुॅं ज्यालादारी गर्नेहरूको गाँस खोसिएका, बासको टुङ्गो नभएकाहरुलाई सक्दो सहयोग गर्नु मानविय कर्तव्य भएको सो कार्यक्रमका प्रमुख अथिति केशव भण्डारिले बताउनु भएको छ।

थप जिम्मेवारी महसुस गर्दै,बन्दाबन्दिको सुरुवाती चरण बाटै जिल्ला भरिकै स्थानीय तहहरुमा प्रदान भएका राहत वितरणमा समेत सहयोग गरेका अध्यक्ष भण्डारीले पछिल्लो समयमा पनि यस क्षेत्रका स्वास्थ्य चौकीहरुमा अति आवश्यक पिपिई एवंम् स्वास्थ्य सुरक्षाका सामग्रीहरु र यस जिल्लामा सञ्चालित विभिन्न खाद्य बैंकहरुलाई सहयोग गर्दै आउनु भएको छ ।


en_USEnglish