Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

खोलामा पुल नबन्दा जनतालाई सास्ती ,युवाहरुको सकृयता बन्यो अस्थायी पूल निर्माण

२०७७ भाद्र १८, बिहीबार सुस्तानेपाल .कम

खोलामा पुल नबन्दा जनतालाई सास्ती ,युवाहरुको सकृयता बन्यो अस्थायी पूल निर्माण

रविन शर्मा चापागाईं /पाल्पा
पाल्पामा पुर्वखोला गाँउपालिकाको कार्यालय र वडा नं ३ को कोलडाडाँ ,गरडाँडा जोडने सडकमा पर्ने पुर्वखोलामा पुल नबन्दा स्थानियले सास्ती बेहोरेका छन । कोलडाँडाबाट , पुर्वखोला गाउँपालिकाको कार्यालय ,स्वास्थ्य चौकी र सदरमुकाम जाने बाटो जोडने पुल प्रदेश सरकार , स्थानिय तह बनेको ३ बर्ष पुगेर पनि बन्न नसकेपछि स्थानियहरु बर्षायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

खोलामा पुल बन्न नसकेको कारण बर्षायाममा स्थानियहरू नजिकै रहेको बिर्ताबजार, पुर्वखोलागाँउपालिका कार्यालय, वडा नं ३ को कार्यालय ,उद्धबुद्ध कलेज ,स्वास्थ्य चौकी लगायत बिरामी भएको अवस्थमा पाल्पा सदरमुकाम तानसेन बजार र सो क्षेत्रमा आवत जावत गर्न कठिनाई भैरहेको बताउछन् । पुल नबन्दा स्थानिय विद्यार्थीहरुपनि जोखिम मोलेर विद्यालय जाने गरेको स्थानियले बताए ।

पुल नबनेर एम्बुलेन्स जान नसक्दा कतिपय सामान्य बिरामिहरुले पनि ज्यान गुमाउने अवस्था रहेको स्थानिय बासिहरु बताँउछन ।

खोलामा पुल बनाउन बारम्बार स्थानिय सरकार ,प्रदेश सरकार , संघिय सांसदलाई बारम्बार स्थानियले भनेपनि उनिहरुले बेवास्ता गरेको र चुनावको बेला उक्त स्थानमा पुल बनाउने आश्वासन दिएर बिजयी भएपछी आफुले गरेको बाचा समेत बिर्सने गरेको एक स्थानीयले नाम नलेखिदिने सर्तमा आक्रोश पोखे ।

यो क्षेत्र पुर्व भुमीसुधार मन्त्री तथा बहालवाला सांसद दल बहादुर राना र नेकपा पाल्पाका प्रभाबशाली नेता तथा प्रदेश नं ५ का सदस्य युवराज खनालको निर्वाचित भएको क्षेत्र पनि हो ।

उक्त खोलामा अस्थायी पुल बनाउन समेत स्थानिय तहले आलटाल गरेपछी स्थानिय युवाहरुले आफ्नै खर्च र सकृयतामा अस्थायी पुल निर्माण गरेका छन । स्थानिय युवा मन बहादुर थापा , आशिष न्यौपाने , ऋषि ठाडा, कमल काम्मु लगायतका युवाहरुले स्थानियलाई आवतजावतमा सहज हुने भनेर अस्थायी पुल निर्माण गरेको बताए ।

अस्थायी पुल बनेपछी बिरामीलाई अस्पताल लैजान ,गाउँपालिका कार्यालय जान र दैनिक उपभोग्य सामान लिन जान सहज हुने बिश्वास स्थानियले गरेका छन ।


en_USEnglish
en_USEnglish