Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

नेपाल तरुण दलद्वारा सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

२०७७ भाद्र १६, मंगलवार सुस्तानेपाल .कम

नेपाल तरुण दलद्वारा सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,१६ भदौ

नेपाल तरुण दल पश्चिम नवलपरासीको सदस्यद्वारा सुरक्षाकर्मीलाई मास्क र सैनिटाइजर हस्तान्तरण गरिएको छ ।

नेपाल तरुण दल नवलपरासी जिल्ला सदस्य हिमलाल पाण्डेय र नेपाल तरुण दल सरावल १ का उपाध्यक्ष सन्तोष यादब द्वारा प्रहरी चौकी बासा बसहिलाइ ९ थान n95 माक्स र ९ थान सेनिटाइजर प्रदान गरिएको छ ।

काेराेना भाइरस काेभिड १९ काे विषम परिस्थितिमा सुरक्षाकर्मी उच्च जोखिममा रहेको हूदा जनताको सेवाका निम्ति खटिने प्रहरीका लागि काेराेनाबाट बचाउनकाे निम्ति सेनिटाइजर र मास्क हस्तांतरण गरिएको तरुण दलका जिल्ला सदस्य हिमलाल पाण्डेयले बताउनुभएको हाे ।

बंदाबन्दीको अवस्थामा फ्रंट लाइनमा खटीएका प्रहरी प्रति बिसेष धन्यबाद प्रदान गर्दै नेपाल तरुण दल सरावल १ का उपाध्यक्ष सन्तोष यादबले हस्तांतरण गर्नु भएको हाे।

बासा प्रहरी चौकीका इन्चार्ज महेश राएमाझीले सामग्री बुझ्दै नेपाल तरुण दलका युवा द्वारा प्रहरीको कामकाे सम्मान गर्दै प्रहरीहरुकाे स्वास्थ्य प्रती गरिएको चिन्तन र दिइकाे सहयाेगकाे लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो ।


en_USEnglish