Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

गरिबीका रेखामुनि रहेका जनतालाई सातै स्थानीय तहले अबिलम्ब राहत दिनुपर्छ : घरेलु अध्यक्ष यादव

२०७७ भाद्र १५, सोमबार सुस्तानेपाल .कम

गरिबीका रेखामुनि रहेका जनतालाई सातै स्थानीय तहले अबिलम्ब राहत दिनुपर्छ : घरेलु अध्यक्ष यादव

उमेश बि.क / नवलपरासी ,१५ भदौ

नेपाल घरेलु तथा साना उद्योग महासंघ सरावल गाउँपालिका समितिकाे अध्यक्ष जन्मेजय यादवले गरिबीका रेखामुनि रहेका जनतालाई साताैँ स्थानीय तहले अबिलम्ब राहत दिन अाग्रह गर्नु भएको छ।

ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि जाे रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज पश्चिम नवलपरासीको साताैँ स्थानीय तहले पुर्याउन जरुरी रहेकाे छ ।

यश बिपतकाे घडीमा हामी सम्पूर्ण राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,समाजिक अभियान्ता ,उद्योगी, व्यवसायी तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको छ ।

दिनानुदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विश्व आक्रान्त भएको छ । नेपाल तथा नवलपरासीमा समेत कोरोना संक्रमणको अवस्था भयावह भएको छ । यसबाट बच्न हालसम्म कुनै पनि ठोस उपाय बनिसकेको छैन ।

फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे।

अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन अध्यक्ष यादवले अाग्रह गर्नुभएको छ।


en_USEnglish