Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

जनप्रतिनिधि सङ सचेत युवाजमातको प्रश्न ?जिल्लामा पिसिआर मेसिन अनि आइसोलेसन कहिले?

२०७७ भाद्र १४, आईतवार सुस्तानेपाल .कम

रियाज अलि नवलपरासी / पश्चिम भाद्र १४
नवलपरासीका युवाहरुले पिसिआर मेसिन जिल्लामा कहीले आउछ अनि आइसोलेसन सहितको अस्पताल कहिले बन्छ ? भनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठि, ५ न० प्रदेशसरकारका प्रवक्ता तथा भौतिक पुर्बाधार तथा यातायात मन्त्री बैजनाथ चौधरी , संघीय सांसद तथा पुर्ब गृहराजमन्त्री देवेन्द्र राज कण्डेल लगायतका जिल्लाबाट नेतृत्व गरी रहेका जनप्रतिनिधिहरुलाई प्रश्न गरेका छन । पछिल्लो समय कोरोना संक्रमणको महामारी बढ्दै गएको बेला युवाहरुले जिल्लामा नै कोरोना परिक्षण गर्नका लागी दबाव स्वरुप अभियान सञ्चालन गरेको युथ अफ नवलपरासी वेष्टका अभियान्ता अनुकुल रेग्मिले बताउनु भयो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का करीब २ सय जना युवाहरुले एकै साथ कोरोना घर घरमा आइसक्यो, हजुरले पिसिर मेसिन कहिले ल्याउनु हुन्छ ? भनेर जनप्रतिनिधिहरुलाइ एसएमएस पठाएका हुन । जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला युवाहरुले दवाव सिर्जना गरेका हुन । जिल्लामा निशेधाज्ञा मात्र गर्ने कोरोना परिक्षण बाह्य जिल्लामा निर्भर रहनु पर्ने र रिपोर्ट ढिला आउने गर्दा समुदायमा कोरोना तिब्र रुपमा फैलिएको युवाहरुले निष्र्कश निकालेका छन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, संघिय सांसद देवेन्द्रराज कंडेल, ५ नं. प्रदेशका मन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी, अजय शाही र भगवती भण्डारी, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेकपा नवलपरासी जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांगे्रसका जिल्ला सभापति बिष्णु प्रसाद पौडेल, बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्याल , रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्री, पाल्हिनन्दन गाउपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरि, सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, प्रतापुर गाउपालिका उपाध्यक्ष अञ्जु चौधरी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मालाई दबाव दिइएको अभियान्ता रेग्मिले बताए ।

एसएमएसको प्रतिक्रिया सजग तथा सचेत गराएकोमा धन्यवाद ज्ञापन सहित एसएमएसको प्रतिक्रिया दिदै संघीय सांसद तथा पुर्ब गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले जिल्लामा छिटै पिसिआर मेसिन, भेन्टिलेटर सहितको बेड बिस्तार गरि अस्पताल बनाउने प्रमुख जिल्ला अधिकारीको अध्यक्ष्ाता तथा सांसद कण्डेलकै प्रमुख आथित्यमा बसेको जनप्रतिनिधि,राजनीतिक दल,उद्योग वाणिज्य महासंघका अध्यक्ष हरूबाट पी.सी.आर.मेशीन,भेन्टिलेटर सहित बेड समेत बिस्तार गर्ने र बजेट ब्यवस्थापन चाडै गर्ने प्रतिबद्धता भएको छ तथा आफ्नो सांसद कोषको बजेट पनि लगानी हुने बताउनु भएको छ ।

त्यसतै नेपाली काङ्ग्रेस नवलपरासीका सभापति बिष्णु पौडेलले सजग तथा सचेत गराएकोमाअ धन्यवाद ज्ञापन सहित एसएमएसको प्रतिक्रिया ( जवाफ) दिदै
“नेपाली कॉंग्रेस नवलपरासी पश्चिमले यस बारे यस बारेमा सम्बन्धित निकायमा पहल गरिरहेको बताउनु भएको छ भने सरावल गाउपालिकाका प्रमुख राधेश्याम चौधरीले जिल्लामा छिटै पिसिआर मेसिन , भेन्टिलेटर सहित कोरोना विशेष अस्पताल बनाउन मा पालिका लागि परेको बताउनु भएको छ ।


en_USEnglish