जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका दुई जनामा कोरोना पुष्टि
नवलपरासी /भदौ १४
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका दुई जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ र ४१ वर्षीय पुरुषहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । परासीको एक विटमा खटिएका एक असई र जवानमा कोरोना देखिएको हो ।
उनीहरु हिजो शंका लागि पृथ्वी चन्द्र अस्पतालमा आफै स्वाव दिन आएका थिए । ४७ जनाको परीक्षण गराएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । पश्चिम नवलपरासीमा पहिलो पटक प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा थप जोखिम बढेको छ ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या २४१ पुगेको छ । यसअघि शनिबार एक शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित प्रहरीहरुलाई सुनवल नगरपालिकाले बनाएको आइसोलेसनमा पठाइएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।