Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

देवेन्द्र राज कण्डेल-एक एतिहासिक पात्र अनि भदौ १२

२०७७ भाद्र १४, आईतवार सुस्तानेपाल .कम

२०७७ भदौ १४, आइतवार

देवेन्द्र राज कण्डेल-एक एतिहासिक पात्र अनि भदौ १२

भाद्र-१२ गते,प्रात स्मरण कालमा प्रत्यक बर्षको भाद्र-१२ गते मेरा लागि अबिस्मरणिय रहने गर्दछ।२०५८ साल पश्चात् चरम उत्कर्शमा रही देश १०बर्से जनयुद्धमा रुमलिए सङ्गै १७००० नेपाली जनताले ज्यानको आहुती दिन बाध्य रहे।

हजारौ परिवार घरबार बिहिन,परिवार बिहिन,अपाङ्ग,अशक्त हुन बाध्य रहे। समय परिवर्तन सङ्गै देशमा राजनैतिक परिवर्तन एवम शान्ती पुनर्स्थापना समेत भै सक्यो ।
तत्कालिन अवस्थामा सरकार र बिद्रोही पक्षबाट लाखौ,हजारौ बिस्थापितका असंख्य पीडा,दु:ख आज सम्म पनि यथार्थमा पुर्ण रुपमा सम्बोधन सायद भैसकेको छैनन होला ! सोही कालखण्डको एक शिकार आफू स्वयम् भैरहदा आजको दिन प्रात: भबिस्यमा समेत स्मरणमै रहनेछ ।
शाही सरकारले निर्वाचित सरकारलाइ “कु”गरि राज्य संचालन हातमा लिए पश्चात् २०६० साल भाद्र १२ गते आफ्नै निवास कुसुन्ती तर्फ लाग्ने क्रममा निवास कुसुन्ती-ललितपुर नजिक राजनैतिक पुर्वाग्रहका कारण तत्कालिन बिद्रोही समूह (माओबादी) को आक्रमणमा परि १७ राउन्ड गोली प्रहार को शिकार भै सात राउन्ड गोली(हाल सम्म छातिमा एक गोली समेत रहेको अवस्था) शरिरमा लागि मृत्यु सङ्ग संघर्श गरेको त्यो दिन,माता-पिता,परिवार एवम हजारौ शुभचिन्तकको प्रार्थना-कामनाले मृत्यु लाई पराजय गरि नयाँ जीवन प्राप्त गरेको त्यो दिन भाद्र १२ गते अर्थात मेरो लागि “बोनस को लाइफ” शुरूवात भएको दीन,बोनसको जीवनमा देश-जनता प्रती अझ सेवा भाव गर्न सकु भनी इश्वर सङ्ग प्रार्थना र कामना गरि हाल सम्म सो पथमा हिडन सुरु गरेको त्यो दिन।
मेरो “बोनस को लाईफ” सुरु भएको त्यो दिन अर्थात भाद्र-१२ गते प्रातकाल सम्म स्मरणिय र थप शक्ति आर्जनको स्रोतको दिन बन्नेछ । ( ” बोनस को लाइफ” शुरुवात को त्यो दिन २०६० भाद्र १२ गते )धन्यवाद !!!
(माननीय देवेन्द्र राज कण्डेल ले गत २०७६ भाद्र १२ गते आफ्नो फेसबुक पेजमा ब्यक्त गर्नु भएको जीवन बृतान्त सम्झना )

२०७७-भदौ-१२ गते प्रकाशित