Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

नवलपरासीको प्रतापपुर र पाल्हिनन्दन गरी १८ जनामा कोरोना संक्रमित पुष्टि

२०७७ भाद्र १३, शनिबार सुस्तानेपाल .कम

नवलपरासीको प्रतापपुर र पाल्हिनन्दन गरी १८ जनामा कोरोना संक्रमित पुष्टि

उमेश बि.क / नवलपरासी ,१३ भदौ

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिका गरी १८ जना कोरोना संक्रमित शनिबार थपिएका छन् ।

पाल्हीनन्दन गाउँपालिकामा १४ र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतापपुर गाउँपालिकाको वडा नं ४ मा ६५ वर्षीय वृद्ध, वडा नं ५ मा २२ र २४, वर्षीय पुरुष र वडा नं ७ मा ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

त्यस्तै पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ मा २३, २४, ३०, ३५, ४२, ४५, ४७, ४८, ५८ वर्षीय गरि ९ जना पुरुष, २२ र ३० वर्षीय गरि दुई जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै वडा नम्बर २ मा २५, २९ र ३९ वर्षीय पुरुषमा पुष्टि भएको छ भने वडा नं ३ मा ४७ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेमा एक जना शसस्त्र प्रहरी बलका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो । योसँगै पाल्हीनन्दनमा मात्रै संक्रमितको संङ्ख्या ६५ पुगेको छ । यसअघि शुक्रबार पाल्हीनन्दनमा–२ की ३० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो ।

समुदाय स्तरमा दिनानुदिन काेराेना संक्रमित बढेसंगै हाल जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २५१ पुगेको छ ।


en_USEnglish