Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

निरन्तर रहेको एक अभियान ‘तपाईंको मास्क खोइ ?’

२०७७ भाद्र ११, बिहीबार सुस्तानेपाल .कम

दाेस्राे दिनसम्म जारी ‘तपाईंको मास्क खोइ ?’ अभियान

उमेश बि.क / नवलपरासी ,११ भदौ

समुदायमा कोरोना संक्रमण बढिरहेका बेला यूवा सचेतना संस्था रामग्राम २ ले नवलपरासीको साताै स्थानीय तहहरुकाे चाेकहरुमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाएका छन।

यूवा सचेतना संस्थाले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको संस्थाका अध्यक्ष ईमामुल अलीले बताए।

अलीलेले निषेधाज्ञा भए पनि मान्छेहरु साँझबिहान मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न ब्यानरिङ गरिएको बताए।

नवलपरासीको साताैँ स्थानीय तहकाे सुनवल,बन्कट्टी,भुमही,बासाबसही,चिसापानी,बर्दघाट,वाढीपिडित,गोपीगंज,जहदा,लेवडा,सरावल लगाएतकाे स्थानमा मानिसको भिडभाड हुने चाेक चाैरहाहरुमा आज दाेस्राे दिन ५० ठाउँ छनोट गरेर मास्क खोइ ? भन्ने ब्यानर टाँसिएको संस्थाका सचिव सम्साद जाेल्हाले बताए।

यूवा सचेतना संस्थाले केही दिनअगाडि ५० जना चालकलाई खादा ओढाइ सम्मान तथा ३०० निशुल्क मास्म बितरण गरेको थियाे भने बुधबार परासीमा १०० ओटा ब्यानर झुन्ड्याएका थिए ।

‘तपाईंको मास्क खोइ ?’ अभियान संस्था अध्यक्ष ईमामुल अलीकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवनरायन लाेनिया ,सचिव सम्सद जाेल्हा ,सदस्य साेनु माेर्य ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद पाण्डेय लगाएतकाे सहभागीता रहेको थियाे।


en_USEnglish