Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

नवलपरासीमा पृथ्वी चन्द्र अस्पतालका ३ डाक्टर र एक नर्स सहित २९ जनामा कोरोना

२०७७ भाद्र ७, आईतवार सुस्तानेपाल .कम

रियाज अलि नवलपरासी, ७ भदौ ।
पश्चिम नवलपरासी जिल्लामा आइतबार मात्रै २९ जना कोरोना संक्रमित थप भएका छन् । संक्रमित रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउँपालिका हुन् ।

गत साउन ३२ गते रामग्राम नगरपालिकाबाट २० जना र पाल्हिनन्दन गाउँपालिकाबाट ३७ जनाको स्वाव संकलन गरी कोरोना परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिम प्रमुख गौरब ढकालले जानकारी दिए ।

ढकालका अनुसार रामग्राम नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पृथ्वीचन्द्र अस्पतालमा कार्यरत ३ जना पुरुष डाक्टर हुन् भने १ जना नर्स हुन् ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष १८ र महिला ७ छन् । यससङ्गै जिल्लामा कोरोना सक्रमितको संख्या १ सय ७३ पुगेको छ ।


en_USEnglish