Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रबाट एक लाख ५८ हजारको अवैध सामान नियन्त्रणमा

२०७७ भाद्र ४, बिहीबार सुस्तानेपाल .कम

बिकास घिमिरे
भदौ ३ । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रबाट प्रहरीले एक लाख ५८ हजार मुल्य बारबरको अवैध मालसामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट संयुक्त रुपमा खटेको टोलीले चालकसहित एक लाख ५८ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

सुस्ता गाउँपालिका–२ रामनगरबाट कुडियातर्फ आउँदै गरेको ०३ ००१ च ०३१२ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा ४० बोरा युरीया मलसहित पिकअप र चालकलाई नियन्त्रणमा लिइएको छ । चेकजाँच गर्ने क्रममा मलसँग सम्बन्धीत कुनैपनि कागजात नभएको डिएसपी लामाले बताउनुभयो । बरामद गरीएको युरीया मल ३० हजार मुल्यबराबरको रहेको उहाँले बताउनुभयो ।

यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९० हजार मुल्य बराबरको दुई वटा भैसी र एउटा पाडा सरावल गाउँपालिका–७ झरही खोला निजक नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी पचपेडाबाट खटिएको टोलीले प्रतापपुर गाउँपालिका–४ हरपुरबाट ३८ हजार मुल्य बराबरको हरीयो मटर बरामद गरेको छ भने सरावल–७ बुड्न्तापुरमा ९ बोरा हरीयो मटर सिमा प्रहरी चौकी महेशपुरले बरामद गरेको छ । नियन्त्रणमा लिइएको चालकसहित सबै सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।


en_USEnglish