Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

उपसभापति गिरिको अन्तेष्टि ,जिल्लाको विभिन्न ठाउमा सामाजिक दुरिकायम गरि श्रद्धाञ्जली व्यक्त सामाजिकदुरिकायम गरि श्रद्धाञ्जली व्यक्त

२०७७ भाद्र २, मंगलवार सुस्तानेपाल .कम

फोटो सौजन्य:कमल किशोर रायमाझी
रियाज अलि भदौ २ नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी जिल्ला उपसभापति शुभास चन्द्र गिरीको काठमाडौ स्थिति पशुपती आर्यघाट(बिद्धुतिय शवगृह)मा नेपाली सेनाद्वारा सम्मान सहित अन्त्यस्टी जिल्लाको विभिन्न ठाउँमा सामाजिक दुरि कायम गरि श्रद्धाञ्जली व्यक्त।

कोरोना संक्रमित अन्त्यष्टिमा सामुहिक भिडभाड र धेरै जना उपस्थित हुन नपाउने सरकारी नीति अनुसार आर्यघाटमा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा ,केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्र राज कण्डेल , सप्तरी जिल्ला नेतृ चौधरी तथा भाइ सन्तोष गिरि मात्रै उपस्थित थिए भने पश्चिम नवलपरासी काङ्ग्रेसको अनुरोध अनुसार जिल्लाको
सरावल,पाल्हिनन्दन,परासी ,बर्दघाट,जदहा,प्रतापपुर-सुर्यपुरा,गुठी ,पर्सौनि ,सुनवल लगायत विभिन्न ठाउमा जिल्लाका सक्रिय नेताकार्यकर्ता ,नेविसंघ ,तरुण दल लगायतको सहभागीमा सामाजिक दुरिकायम गरि सोही एकै समय (साझ ६ बजे)स्व. गिरी को आत्माको चिरशान्तिको कामना सहित १ मिनेट मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सद्स्य मा.देवेन्द्र कण्डेल ज्यु का स्वकिय सचिव कमल किशोर रायमाझी ले जानकारी दिनुभयो ।

कोरोना संक्रमित गिरिको उपचारको क्रममा बिहान ५:००बजे पाटन अस्पतालमा निधन भएको थियो ! केहि समय अगाडि पित्तथैलि स्टोनको अप्रेसन गरेका गिरिलाइ थप उपचारको क्रममा कोरोना भाइरस देखिएको थियो !

संक्रमित गिरिलाइ उपचारका लागि बुटवलको कोरोना अस्पतालमा राखिएको थियो भने परिवारले केन्द्रिय सद्स्य मा.देवेन्द्र कण्डेलको पहलमा थप उपचारको लागि पाटन अस्पताल लगेको थियो । हेलिकप्टर र सुबिधायुक्ति एम्बुलेन्स समेत नपाएका गिरिलाई जिल्ला चल्ने सामान्य एम्बुलेन्समा अस्पताल लगेको पारिवारिक श्रोतले जनाएको थियो।


en_USEnglish