Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

कोरोनाको कहरविच खोलिएका विद्यालयमा संयुक्त विद्यार्थीसंघठनद्धारा तालाबन्दि ।

२०७७ श्रावण २६, सोमबार सुस्तानेपाल .कम

रियाज अलि
श्रावण २६, नवलपरासी
पश्चिम नवलपरासीमा विषम परिस्थितिमा पनि विद्यालय सञ्चालन गरिएको भन्दै विद्यार्थी संघठनले विद्यालयमा तालाबन्दि गरेका छन् । कोरोनाको कहरले देश ग्रस्त भएको अवस्थामा पनि विषम परिस्थितिको ख्यालै नगरी सञ्चालन गरिएका विद्यालयमा तालाबन्दि गरिएकोहो ।सोमबार संयुक्त विद्यार्थी संघठनको अनुगमन टोलिले अनुगमन गर्ने क्रममा सरावल गँऊपालिकाका २ वटा विद्यालय र बर्दघाट नगरपालिकाका १ विद्यालयमा तालाबन्दि गरिएको हो ।विषम परिस्थितिमा विद्यार्थीको हक हितकालागि पटक पटक स्थानिय निकायमा ध्यानाकर्षण गराईएको र विज्ञप्ती मार्फत सजग रहन आव्हान गर्दा समेत यस्तो अवस्थामा सामान्य सुरक्षाका उपाय समेत अवलम्बन नगरि सञ्चालन गरिएका विद्यालयमा तालाबन्दि गरिएको अनेरास्ववियू जिल्ला संयोजक सुशान्त शर्मा घिमिरेले जानकारी दिनुभयो ।त्यस्तै विषम परिस्थितिलाई मध्यनजर गर्दै सजग रहन विद्यार्थीलाई सुसुचित गर्नुपर्ने समयमा विद्यार्थीको जिवन संग नै खेलवाड गरिएको बताउदै यस्ता कार्य अझ अटेर गरे आउदाँ दिनमा अझ ससक्त भएर अगाडी बढ्ने नेविसं जिल्ला सहसचिव विकास घिमिरेले बताउनुभयो ।

उक्त अनुगमनका क्रममा अनेरास्ववियु जिल्ला संयोजक सुशान्त शर्मा घिमिरे,ने बि संघ जिल्ला अध्यक्ष राजन भण्डारी, नेविसंघ जिल्ला सहसचिव विकास घिमिरे, अनेरा स्ववियू जिल्ला सदस्यहरु सुजन ढकाल, सन्देश न्यौपाने, सागर काफ्ले लगायतका विद्यार्थी संघठनका टोलि उपस्थिति रहेको थियो ।


en_USEnglish