Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

युवा सचेतना संस्थाले गर्याे निशुल्क मास्क बितरण एवं चालक सम्मान

२०७७ श्रावण २६, सोमबार सुस्तानेपाल .कम

बिकास घिमिरे,परासी/श्रावण २६
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ परासी भुमहि सडकखण्डकाे शान्तिचाेकमा निशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रम गरिएको छ।

युवा सचेतना संस्था रामग्राम २ नवलपरासीको अायाेजना तथा जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी कार्यालय,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,कालिका युवा क्लब ,साझा युवा क्लब,परिवर्तन सामाजिक बिकास संस्था ,पाल्हिनन्दन समाज उत्थान संस्था तथा साेसल युवा क्लबकाे संयुक्त समन्वयमा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलिकाे संयाेजकत्वमा निशुल्क मास्क बितरण एवं चालक सम्मान गरिएको हाे।

समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिदैँ गएको तर मानिसहरुमा माक्स नलगाई हिँड्ने हेल्चेक्राई बढ्न थालेपछि यो अभियान सञ्चालन गरिएको युवा सचेतना संस्थाका अध्यक्ष अलिले जानकारी दिनुभएको छ।

निशुल्क मास्क बितरण एवं चालक सम्मानकाे क्रममा भेटिएका अधिकांश व्यक्तिहरुले माक्स भएपनि नलगाई हिँडेको तथा कतिपयले माक्स नै नलगाउने गरेको पाईएको थियो । उनीहरलाई सम्झाई बुझाई गर्नुका साथै माक्स नभएकालाई माक्स वितरण गरिएको तथा सवारीसाधनकाे सम्पुर्ण कागजात रहेकाे र मास्क लगाएकाे सवारीचालकलाई खादा अाेढाई सम्मान गरिएको थियो ।

“बिश्व अभियानका लागि युवा सहभागीता,राेजगारी प्रवर्द्वन र वातावरण संरक्षणमा युवा संलग्नता” मुलनारामाे साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२० काे अवसरमा अायाेजित निशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रममा ५० जना चालकलाई खादा अाेढाई सम्मान गरिएको तथा ३०० निशुल्क मास्म बितरण गरिएको कार्यक्रममा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि,रामग्राम नगरपालिका वडा २ वडा सदस्य धिरज हलुवाई ,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था अध्यक्ष उमेश कुमार कि.क , पत्रकार रन्जित शर्मा ,राज चाैधरी ,प्र.ना.नि बाैद्ध शंकर थारु,प्र.स.नि हुमनाथ पाैडेल,प्र.ह तिलक राम भट्टराई ,प्र.स.नि संगित परियार ,संस्थाका वरिष्ठ सल्लाहकार सुधिर चोैधरी ,सचिव समासद जाेल्हा लगाएतकाे उपस्थिति रहेको थियाे।


en_USEnglish