रियाज अलि
नवलपरासी श्रावण २४
समुदायस्तरमा गरिएको कोरोना परिक्षणको क्रममा पश्चिम नवलपरासीको बर्दघाटमा एक जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल बुटवलको ल्याबमा गरिएको पिसिआर परिक्षणको क्रममा बर्दघाट १२ कि २१ वर्षिय युवतीमा कोरोना पुष्टि भएको हो ।
संक्रमित युवति बर्दघाट वडा नम्बर १३ मा रहेको क्वारेन्टाईनको क्यान्टीनमा काम गर्दे आएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । बर्दघाट बाट समुदायस्तरको कोरोना परिक्षणको क्रममा १ सय २५ जनाको स्वाब संकलन गरि पठाईएकोमा एक जना बाहेक सबै कोरोना संक्रमण मुक्त छन् ।
संक्रमित युवतीको कन्ट्रयाक ट्रेसिङका क्रममा गत साउन ९ गते आमाको उपचारका लागि भारतको निचलौल पुगेर एक रात बसेर फर्किएको भन्ने खुलेको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए । सुरुवातमा भारत गएको भन्ने कुरा स्विकार नगरेपनि धैरेवेरको केरकारपछि आमाको उपचारका लागि भारतको निचलौल पुगेको र एक रात बसेर फर्किएको युवतीले स्विकार गरेको ज्ञवालीको भनाई छ । युवतीमा संक्रम भए पनि कोरोना समुदाय स्तरमा फैलिसकेको भन्ने अवस्था नरहेको र उनी भारत पुगेकै कारण उतैबाट संक्रमित भएर आएको हुन सक्ने ज्ञवालीले बताए ।
युवतीको वडा नम्बर १२ भटौलीया बजारमा मिष्ठान्न भण्डार संचालन गर्ने भएकोले केहि दिन अघि जनैपूर्णिमाको दिनमा भटौलीया बजारबाट मिठाई बेच्ने काम गरेको समेत पाईएको वडा अध्यक्ष मान बहादुर मल्लले बताए । उनी मार्फत अन्यमा कोरोना संक्रमण फैलिए स्थिति भयाभय हुने मल्लको भनाई छ । तत्कालका लागि भटौलिया बजार पूर्णरुपमा सिल गरिसकिएको र वडा सिल गर्न पर्ने नपर्ने भन्ने विषयमा छलफल भैरहेको वडा अध्यक्ष मल्लले बताए ।
यस संगै पश्चिम नवलपरासीमा समुदायस्तरमा गरिएको कोरोना परिक्षणका क्रममा हाल सम्म ३ जनामा संक्रमण देखिएको छ । यस अघि रामग्राममा दुई जनामा कोरोना देखिएको थियो । जिल्लाभर संक्रमितको संङख्या १ सय २५ पुगेको छ । समुदायमा कोरोना फैलिएको छ कि छैन् भनी परिक्षण गर्न प्रदेश सरकारले प्रदेश पाँचका ६ जिल्लामा पहिलो चरणमा स्वाब संकलन गरि परिक्षण गर्दे आएको छ ।
जस्मा पश्चिम नवलपरासी बाट पनि सबै स्थानिय तहबाट फरक फरक क्षेत्रमा काम गर्दे आएका व्यक्तिहरुको र्यान्डम टेष्टका लागी स्वाब संकलन गरि पठाईएको थियो । जस मध्ये सुनवल र प्रतापपुर बाट स्वाब पठाईएका सबैको रिपोर्ट नगेटिभ आएको छ भने सुस्ता र पाल्हीनन्दन गाँउपालीकाबाट स्वाब पठाएकाको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।