काठमाडौं । मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरूमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’