Thursday 3rd December 2020

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

थप १० जनामा भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १२० पुग्यो

२०७७ बैशाख २९, सोमबार सुस्तानेपाल .कम

नेपालमा फेरि  थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ ।

यसैगरी बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर ५ मा ४० जना फेला परेका छन् । बाँकेमा २४ जना  र उपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सोमबार १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।


en_USEnglish
en_USEnglish