Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

संक्रमितको संख्या १२० पुग्यो, कपिलवस्तुमा थप १० मा कोरोना संक्रमण पुष्टि |

२०७७ बैशाख २९, सोमबार सुस्तानेपाल .कम

(काठमाडौं) – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५, र बुद्धभूमि नगरपालिका-७ का नम्बर वडाका १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।


en_USEnglish
en_USEnglish