नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाकाले विपन्न परिवारलाई राहत बाढेको चामल कुहिएको पाइएको छ ।
रामग्राम नगरपालिकाले राहत स्वरुप बाढेको चामल कुहिएको भन्दै विपन्न परिवारले दुखेसो गरेका हुन । नगरपालिकाले बाडेको राहतमा चामल कुहिएको र ढुङ्गा धेरै भेटिएको पाईएको छ ।
दैनिक ज्यालामजदुरी गर्ने रामग्राम नपा वडा ६ पोखरापाली र वडा ११ रानी पाकडका विपन्न परिवार र स्थानीय बासिन्दालाई वितरण गरेको चामल कुहिएको बितरण गरेको स्थानीयले बताए । चामल खान उपयुक्त नदेखिए पछी वडा ६का स्थानीयले वडा ६का अध्यक्ष जितेन्द्र अग्रहरीको घरमा र वडा ११का स्थानीयले नगरपालिकाको गेटमा फाल्दिएका छन ।
स्थानीयले खै के चामल दिएका हुन । कुहिएको चामल छ यस्तो चामलले स्थानीयबासीहरुलाई थप असर पर्ने जनस्वास्थ्यमा खेडवाड गरेको भन्दै नगरपालिका अगाडि । यस्तो चामल नदिएकै भए हुन्थ्यो भन्दै आक्रोसित जनताले केहि समय नाराबाजी समेत गरेका थिए एक स्थानीय बताउछ्न ।
स्थानीयले फोन गरेर बताए पछी यस बिषयमा थप बुझ्नका लागि नगरपालिका उपप्रमुख रम्भा कुवरलाइ टेलिफोन गरि बुझ्दा मैले नगरपालिकाको बिषयगत समितिमा कुरा उठाएको चामल गुणस्तरीयहिन भएको पाइयो चामल कालो कुहिएको र ढुङ्गा समेत देखिएको छ यो चामल नबाडौ जनताको जनभावना र जस्व्ाास्थ्यमा खेलवाड गर्नहुन्न भन्दै कुरा उठाएको जानकारी दिएको बताउनु भएको छ । यश बिसयमा उपप्रमुखले राहत सामग्री किन्ने र वितरण गर्ने जिम्मेवारि नगर प्रमुखलाई दिएको बताउनु भएको छ ।
खान अनुपयुक्त चामल वितरण गरेका मेयरले स्वास्थ्य सुरक्षामा ख्याल नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । तर नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको गुनासो राहत पाएकाहरुले गरेका छन । कोरोना भाईरसको संकमण जोखिम बढेको बेला दैनिक मजदुरी गर्नेको जिवन यापन कठिन भएको भन्दै नगरापालिकाले नगर भित्रका मजदुर र अति बिपन्न बर्गलाई खाद्यान्न वितरण गर्ने घोषणा गरेको थियो ।
रामग्रामका हरि चौधरीले नगरपालिकाले दिएको चामल गुणस्तरहिन भएको भन्दै राहतको नाममा यस्तो कार्य रोक्न माग गरे । गरिवले खाने चामल खान योग्य समेत नदेखिएको भन्दै उनले यस विषयमा सम्बन्धीत निकायको ध्यान जानु पर्ने बताएका थिए । गरिवको स्वास्थ्यमा खेलवाड नहोस उनले भने । चामल समेत गुणस्तरहिन र खान योग्य नभएको पाएपछी राहत पाउनेहरु निराश भएका छन ।