Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

नवलपरासीमा १६ करोडको पुल बन्दै

२०७६ फाल्गुन २०, मंगलवार सुस्तानेपाल .कम

नवलपरासी – पश्चिम नवलपरासीका ३ स्थानमा १६ करोडको लागतमा पुल निर्माण हुने भएको छ । सबै पुलको प्रदेश न;५ का मुख्यमंत्री शंकर पोखरेलले छुट छुटै कार्यक्रमका बिच सिलन्यास गर्नुभएको छ ।

निर्माण हुन् लागेका पुलमा सुनवल बेलारीमा १ करोड ५० लाख बनकट्टी झरही खोलामा ८ करोड ४१ लाख ,झरही स्तुपामा ६ करोड ६२ लाख लागतका छन् । सिलन्यास गरिएका पुलमध्ये बेलारी खोला पुलले नवलपरासी र माथागढि गाँउपालिका हुदै पाल्पा जोड्ने छ भने बनकट्टी झरही खोला पुलले सुनवल नगरपालिकाको वडा न,९ र परासीसम्म सिधा पहुच पुर्याउनेछ ।
त्यस्तै रामग्राम स्तुप पछाडी झरही खोलामा निर्माण हुने पुलले रामग्राम नगरपालिकाको वडा न,७ उजैनी र देउरवा,बैकुण्ठपुर जोडने छ

पुल निर्माणको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको उपस्थितिले विकास निर्माणले तिब्रता पाएको बताउनु भयो ।
उहाँले प्रदेश सरकारले रामग्राममा संग्रहालय निर्माण गर्ने र जाग्गा व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश ५ का भौतिक पुर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पश्चिम नवलपरासीमा पांच ओटा पुल निर्माणको क्रममा रहेको जानकारी दिनुभयो ।अहिले ३ वटा पुलको सिलन्यास भएको छ ।आगामी बैसाखभित्र थप दुई वटा पुलको सिलन्यास हुन्छ। मन्त्री चौधरीले भन्नुभयो । नयाँ निर्माण हुनेहुने पुलमा सुक्रौली घिनाहा र खुट्टहट -डैनह्वा पुल छन। कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवालले रामग्राम स्तुप, ,पण्डितपुर् र अनोमाघाटको बिकासमा पनि प्रदेश सरकारले थप सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।