Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

धनगढी मा बिश्व साहित्य महोत्सव सुरु ,

२०७६ फाल्गुन १५, बिहीबार सुस्तानेपाल .कम

कैलाली – सुदुर्पश्चिम को धनगढिमा बिश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । फाल्गुन १४ -२० गते सम्म संचालन हुने महोत्सव को समुदघाटन कार्यक्रम मा रास्ट्रपति विद्या देबी भण्डारीले राष्ट्रिय भाषा र साहित्य को प्रवर्दनमा सुदुरपश्चिम को महत्वपुर्ण योगदान रहेको बताउनु भयो । नेपाली साहित्यमा सुदुरपश्चिम को कला र संसकृति को अग्रणी स्थान रहेको बताउदै नेपाली भषा लाई विश्वमा उन्नत भाषाको रुपमा स्थापित गर्दै जानु पर्नेमा जोड दिनु भयो ।

फाल्गुन २० गते सम्म संचालन हुने महोत्सवमा साहित्य ,राजनीति , समसामयिक लगायतका बिषयमा सत्रहरु संचालन हुनेछन् । महोत्सवमा भाग लिन भारतको दार्जिलिङ् , सिलिगुडी, आसाम , मेघालय लगायतका ठाउबाट साहित्यकार हरु उपस्थित रहेका छन् । महोत्सव अवधिभर विभिन्न साहिस्त्यकार संगको सम्बाद, कार्यपत्र प्रस्तुति , टिपणी , अनुभव आदान प्रदान तथा प्रदेश को विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने झाकी प्रस्तुत गरिने जनाईएको छ ।


en_USEnglish