नवलपरासी माघ १२ , प्रदेश नं ५ सरकारद्दारा विनियोजित रकम अनुसार ऐतिहासिक भुमि सुस्ताकोरक्षा गर्दै खटिएका दलित, गरिब तथा अतिविपन्न परिवारकालागि १५० आवास घर निर्माण हुने भएको छ ।
कुल ५ करोड ३३ लाख रुपैयामा निमार्णगरिने लक्ष्यका साथ आज एक कार्यक्रमका विच सुस्ता गाँऊपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले आवस निर्माण स्थल सुस्ता गाँऊपालिका वडा नं. ५ मा आवस भवनको शिलन्यास गर्नुभयो र साथ मा उपाध्यक्ष ईन्द्र कुमारी थरुनि ,वडा नं२ अध्यक्ष एवम प्रवक्ता कृष्णलाल मुखिया,वडा नं ५ अध्यक्ष प्रभुनाथ यादव,वडा सदस्य आदम खाँ,पनि कार्य क्रम मा सहभागी हुनुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नदिपारीको नेपालको ऐतिहासिक भूमीका लागि अहोरात्र खटिएका सुस्ता बासीकालागि आफ्नो पहलमा सानो भएपनि जिवन सहजीकरणकालागि एउटा प्रयास गरेको बताउनुभयो । उहाँले जनताको खुसी नै आफ्नो सुखी भएको बताउदै त्यस तर्फ हरेक पल संयम भएर लाग्ने बताउदै चाडै नै अन्य विकासका कार्य गर्ने जानकारी पनि दिनुभयो