Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

श्रीमद्भागवत माघे महोत्सव सम्पन्न

२०७६ माघ ६, सोमबार सुस्तानेपाल .कम

राष्ट्रिय परोपकार महासंघको १२ औं वार्षिक उत्सवको सन्र्दभमा आयोजित श्रीमद्भागवत माघे महोत्सव सम्पन्न भएको छ । महासंघले वार्षिक उत्सवसंगै १२ समाजिक सेवा मुलक कार्यहरु अन्र्तगत वृद्धाआश्रममा सहयोग, न्यानो कपडा, खाद्यन्नसमेत वितरण गरेको छ ।
सो महायज्ञको समापन गर्दै विन्ध्यवासिनी मन्दिरका पिठादीस स्वामी निसानन्दले मानव सेवाको मूख्य कार्यनै परोपकार भएकोले धार्मिक सद्भावसंगै सामाजिक कार्यमा सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापाले धर्म संस्कृतिको रक्षा र सम्र्वद्धनका लागि खस आर्यको एकता आवश्यक रहेको बताए ।
महासंघका परिकल्पनाकार एंव केन्द्रिय अध्यक्ष कमलनयन गौतमको सभापतित्वमा तथा श्रीमद्भागवत वाचनमा भएको कार्यक्रममा सल्लाहकार मोहन बहादुर भण्डारी, उपाध्यक्ष विष्णु प्रसाद पौडेल, प्राचार्य राजु बराल, सचिव वासुदेव पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
महासंघले ५३ जिल्लामा जिल्लागत समिति, महिला तथा सेवा मुल गौपालन अभियान वरपिपल संरक्षण अभियान, मठ मन्दिर संरक्षण अभियान, धर्मशाला निर्माण अभियान गरीदै आएको छ । कार्यक्रममा महायज्ञ तथा वार्षिक उत्सवमा सहयोगी, कलाकार समुहलाई सम्मान गरिएको थियो ।
क्षत्री कलाकार समुह गठन
क्षत्री समाज नेपाल कलाकार समाजको गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले कलाकार कृष्ण अखेली क्षत्रीको अध्यक्षतामा १५ सदस्य समितिको चयन गरेको छ ।
सो समितिको उपाध्यक्षमा रवि कार्की, महिला उपाध्यक्ष तारा थापा, उपाध्यक्ष सरस्वती लामिछाने, सचिव सुरज वाग्ले, कोषाध्यक्ष अनिता पन्त, सह–सचिव सुदिप क्षत्री, सह–कोषाध्यक्ष रिता कार्की रहेका छन् ।
सदस्यहरुमा पार्वती क्षत्री, सुमन के.सी., रमेश कार्की, रिना के.सी., नारायण क्षत्री र दिपक कार्की रहेका छन् । सो अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रिय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षत्रीले समाजलाई सक्रिय र क्षत्रीको माग मुद्धाका लागि कलाकारको भुमिका सक्रिय रहनुपर्ने बताए ।
समाजका गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष बम बहादुर पाण्डे, सचिव लक्ष्मी अधिकारी, कास्कीका अध्यक्ष पदम बहादुर कार्की, कलाकार समाजका केन्द्रिय सदस्य राजन कार्कीलगायतले आ–आफ्नो धारण राखेका थिए ।


en_USEnglish