Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

होचा व्यक्तिको रुपमा चिनिने खगेन्द्र थापा मगरको निधन

२०७६ माघ ३, शुक्रबार सुस्तानेपाल .कम

 

विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरको शुक्रवार दिउसो ३ बजे निधन भएको हो ।थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल दिएका थियो ।
धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखरामा बस्दै आएका थिए । रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र तौल ६ सय ग्राम मात्र थियो । उनको अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।


en_USEnglish