विक्रम संवत् २०७७ सालको दसैँ र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना पर धकेलिएको हो ।पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको हो ।
उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनु भयो । यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिनु भयो ।
।