तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दाशढुंगा नजिकै दुर्घटनामा परेको छ। देवघाटधाम मेला समापन गरेर फर्किएको पोखरा, गोरखा र आँबुखैरेनीबाट आएका प्रहरी चढेको गाडी दुर्घटना ग्रस्त भएको हो। दुर्घटनामा एक जनाको मृत्यु र ३० जना प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । अन्य ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त ट्रकमा ३४ जना प्रहरी सवार थिए। घाइतेहरुको भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । माघी मेलाको सुरक्षाका लागि आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको हो। माघे संक्रान्तिका अवसरमा देवघाटमा ठूलो मेला लाग्ने गर्छ। घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।