Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

रजत जयन्ती समारोह एवं सिक्लेस माघे संक्रान्ति महोत्सव हुने

२०७६ पुष २७, आईतवार सुस्तानेपाल .कम

सरीता गुरुङ
सामाजिक उत्तरदायित्वलाई वहन गर्दै आएको यस श्री सिक्लेस युवा क्लवले आफ्नो २५ औं वार्षिकोत्सव र माघे संक्रान्ति पर्वको अवसरमा “रजत जयन्ती समारोह एवं सिक्लेस माघे संक्रान्ति महोत्सव” आयोजना गरेको छ ।
सुन्दर नगरी पोखरादेखि उत्तरपुर्वी भेगमा रहेको पर्यटकीय गाउँ सिक्लेसमा यस क्लवद्धारा स्थापना कालदेखि नै आफ्नो क्लवको वार्षिकोत्सवसंगै माघे संक्रान्ति पर्वको अवसरमा मेला संचालन गर्दै आइरहेको छ ।
महोत्सवबारे जानकारी दिने उद्देश्यसहित आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव माघ १ गतेदेखि ४ गतेसम्म संचालन हुने जनाएको छ ।
यस महोत्सवले भ्रमण वर्ष २०२० को साथै प्रदेश र स्थानीय सरकारले अघि सारेका पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमहरुलाई सकरात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको क्लबका पूर्व सचिव एवं सल्लाहाकार देवीजंग गुरुङ्गले जानकारी दिएका छन् ।
खुल्ला पूरुष र महिला भलिबल, पूरुष बास्केटबल प्रतियोगिता, सामुहिक नृत्य, लोपोन्मुख घुर्रा घुमाई प्रतियोगिता, आमा समुहको हृयाकुचे प्रतियोगिताको साथै विभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक खेलहरु महोत्सवको मुख्य आकर्षणका रुपमा रहने गुरुङ्गले बताएका छन् ।
उनले मेला संचालन गर्नुको मुख्य उद्देश्य परम्परागत रुपमा पुजिदै आएको स्थानिय तिर्थ स्थलहरु म्हउदु क्यु र फैमक्यु को संरक्षण एवं प्रचारप्रसार, सिक्लेसलाई पर्यटकीय गन्तव्यको रुपमा विकासगरी आन्तरिक वाहृय पर्यटन प्रवद्र्धन गर्नुका साथै नेपालकै कम उचाईमा अवस्थित क्हफुचे हिमताको प्रचारप्रसारमा टेवा पु्याउनु रहेको जनाएका छन् ।त्यस्तै महोत्सव सम्पन्न गर्न करिब १० लाख खर्च हुने पनि उनले बताएका छन् ।


en_USEnglish