लायन्स क्लव अफ पोखरा सम्वृद्विद्धारा दृष्टी विहीन विद्यालयलाई खानेपानी टङकी र सेतो छडी सहयोग गरेको छ । क्लबले छात्रावासमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको अध्यक्ष राधिका थापाले बताईन् ।
सहयोग हस्तानतरण गर्दै डिष्ट्रीक चिफ एड्भाईजर महेन्द्र पौडेलले आवश्यकता रहेको ठाउँमा सहयोग पु्याउनु लायन्सको मुख्य सिद्धान्त रहेको बताए । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
क्लबका कोषाध्यक्ष शान्ति क्षेष्ठले स्वर्गीय आमाको स्मृतिमा सो टयाङकी सहयोग गरेकी थिइन् । क्लबले सहयोग स्वरुप उषाकिरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, डे«स, स्टेशनरी समेत वितरण गरेको छ ।
क्लबका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कुश्मा राणा, विद्यालयका शिक्षक टेक बहादुर थापा, कार्यक्रम संयोजक ललिता रंन्जीत, सचिव देवी क्षेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।