Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

दुर्गा मन्दिर व्यवस्थापन समिति छोरेपाटनको आठौं साधारण सभा एवं चौथो अधिवेशन सम्पन

२०७६ पुष २७, आईतवार सुस्तानेपाल .कम

यस दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा–१७ छोरेपाटनको आज भएको आठौं साधारण सभा एवं चौथो अधिवेशनले पदम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा खुम बहादुर लामिछाने, उपाध्यक्षमा रविन्द्रराज बराल, सचिव विजय कुमार शाही, कोषाध्यक्ष मोहनलाल पौडेल, सह–सचिव ध्रुवराज बराल, सदस्यहरुमा ढक माया भुजेल, भगवती ढकाल, उमाकान्त बराल, नवराज बराल, राममाया शाह, गंगा प्रसाद अधिकारी र चन्द्र बहादुर बि.क. गरी १३ नयाँ कार्य समिति सर्वसम्मतबाट चयन भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै नव निर्मित श्री १०८ पिपल पूण्य धामको प्रवेशद्धार र करिब ६ सय भन्दा बढी नामावली भएको शिलालेख बोर्डको उद्घाटन गरेका थिए । कार्यक्रमा ३४ जना आजीव सदस्यहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तिर्थराज अधिकारी, वरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला, सल्लाहाकार एवं नेपाल रेडक्रस सोसाइटी उपशाखा–१७ का सभापति झपिन्द्रराज रेग्मी, अन्य सल्लाहाकारहरु पूण्डरी प्रसाद बराल, तुलसी प्रसाद बराल त्यस्तै पिपल चौतारी टोल विकास संस्थाका अध्यक्ष हरि प्रसाद लम्साल, नारी उत्थान दिदीबहिनी समुहका अध्यक्ष सरिता घिमिरेलगायतले शुभकामना मनतव्य राखेका थिए ।
सो कार्यक्रममा समितिका अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेका थिए । निवार्चन सम्पन्न गर्नको लागि संयोजक अधिवक्ता भुपुराज पोखरेल, सदस्यहरु हरि प्रसाद बराल र प्रेम प्रसाद ढकाल रहेका थिए ।
पण्डित राम प्रसाद नेपाले स्वति वाचन, समितिका सह–सचिव खेमराज बरालले स्वागत मन्तव्य र हरि प्रसाद बराले कविता वाचन गरेका थिए भने सचिव विजय कुमार शाहीले कार्यक्रम संचालन गरेका थिए ।


en_USEnglish