संजय थापा
लायन्स क्लब अफ पोखरा स्कटले बाटुलेचौरमा अबस्थित शुक्ला साहित्य प्रतिष्ठानलाई पुस्तकालय परियोजनामा पुस्तक हस्तान्तरण गरेको छ ।
सोही कार्यक्रममा लायन्स क्लबका अध्यक्ष आनन्द राना मगरले शुक्ला साहित्यले यस ठाउँमा मात्र नभई देश भरीनै साहित्य जगेर्नामा महत्त्वपूर्ण भूमिका खेलेको प्रकाश पारेका थिए ।त्यस्तै शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलले यस प्रतिष्ठानले साहित्य क्षेत्रमा रहेर साहित्य सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आएको र लायन्स क्लब अफ पोखरा स्कट र शुक्ला साहित्य प्रतिष्ठान बिच मितेरी सम्बन्ध कायम रहेको बताए ।
सोही कार्यक्रममा मदन बहादुर खत्री क्षेत्री, नेत्र बहादुर बानियाँ, गोकुल प्रसाद रिमालले शुभकामना मन्तब्य राखेका थिए ।
त्यसै गरी सुमनराज पौडेल, छविलाल आचार्य, दुर्गा बस्नेत, नेत्र बहादुर बानियाँ र याम बहादुर रानाले देशको परिस्थिति र शुक्ला सम्बन्धी समसामयिक बिषयमा कबिता बाचन गरेका थिए भने लायन्स क्लबका सचिब बासुदेब पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।